
शंकर केसी,
सल्यान,जेठ २६ । सल्यान कपुरकोट गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप २०७६ को उपाधि वडा नं. ३ ले जितेको छ । प्रतियोगिताका सबै खेल भलिवल, ब्याडमिण्टन र दौडमा वडा नं. ३ ले नै प्रथम पुरस्कार जित्न सफल भयो ।
भलिवलमा वडा नम्बर ३ ले पहिलो स्थान हासिल गर्दा दोश्रो वडा नम्बर ५ र तेश्रो वडा नम्बर ६ भए । ब्याडमिण्टन प्रतियोगीतामा पहिलो र दोश्रो स्थान वडा नम्बर २ ले नै प्राप्त गर्यो भने तेश्रो स्थान वडा नम्बर ४ ले प्राप्त गर्यो । ब्याडमिन्टनमा १२ वटा समूहले भाग लिएका थिए ।
४ सय मिटर महिला दौडमा वडा नम्बर ३ की चन्द्रा कुमारी घर्तीले गोल्ड मेडल जितिन भने वडा नम्बर ५ की रुपा साहु सिलभर र वडा नम्बर ६ की देवा नेपाली तेश्रो हुँदै कास्य पदक हात पारिन । त्यस्तै वडा अध्यक्षहरुको बीचमा आयोजना गरिएको घैँटा फोड प्रतियोगितामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष य कुमार वस्नेत विजयी भए । भलिवल तर्फ प्रथम, द्धितिय र तृतीय हुने समूहले क्रमशः ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् ।
ब्याडमिन्टन प्रतियोगीतामा प्रथम समूहलाइ ८ हजार, द्धितियलाइ ६ हजार र तृतीयलाइ ४ हजार प्रदान गरिएको छ भने महिला दौडमा प्रथम, द्धितिय र तृतिय हुने खेलाडिलाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै पञ्जेबाजा र लहरे नाच प्रस्तुत गर्ने समूहलाई पनि खेल कुद विकास समतिले २ हजार र गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले व्यक्तिगत ३ हजार रुपंैया प्रदान गरेका थिए ।
विहीबारदेखि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरमा सुरु भएको प्रतियोगिताको शनिबार समापन गरिएको हो । समापन अवसरमा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिमबहादुर सेन, उपाध्यक्ष तिला बुढा मगरले विजयी वडा र खेलाडिहरुलाइ पुरस्कार प्रदान गरे ।
