२०८१ भाद्र २७ गते बिहिवार

रोल्पाका मगर प्रदेश प्रमुखमा सिफारिस

दाङ, साउन १४ । लुम्बिनी प्रदेशको प्रदेश प्रमुखका रुपमा रोल्पाका श्रीकृष्णबहादुर घर्ती मगर सिफारिस भएका छन । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेश प्रमुखका रुपमा नेपाली काँग्रेस रोल्पाका पूर्व पार्टी सभापति मगरको नाम सिफारिस गरेको हो ।

मगरले अप्ठेरो स्थितिमा पनि रोल्पामा काँग्रेसको संगठन निर्माणमा अतुलनिय भूमिका निर्वाह गरेका पात्र हुन । उनी कबिता लेखन तथा साहित्यमा पनि उत्तिकै रुची राख्छन् ।

त्यस्तै मन्त्रीपरिषदको बैठकले बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र कर्णाली प्रदेशमा यज्ञराज जोशीको नाम सिफारिस गरेको छ ।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको छ।

संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

मन्त्रिपरिषदको सोमबार बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *