२०८२ मङ्सिर २३ गते मङ्गलवार

यमुना स्मृति कप ईन्टर स्कुल फुटसल प्रतियोगिता सुरु


लक्ष्मण बस्नेत ,दाङ,साउन ११ । यमुना स्मृती कप ईन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ आज देखि सुरु भएको छ ।

समस्त यमुना परिवार तुलसीपुर ५ को आयोजनामा द लेजेन्ड फुटसल ग्राउन्ड तुलसीपुर ६ मा संचालिन प्रतियोगिताको दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठले उद्घाटन गरेका हुन ।

प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा गोरखा माबी तुलसीपुर,तुलसी बोर्डिङ स्कुल तुलसीपुर,माबी तुलसीपुर सेन्टर र हिमाल एकेडेमी तुलसीपुर सेमिफाइनल प्रवेश गरेका छन् ।

भोलि बिहान हुने पहिलो सेमिफाइनलमा हिमाल एकेडेमी तुलसीपुर र तुलसीपुर बोर्डिङ स्कुल बिच कडा प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा गोरखा माबी तुलसीपुर र माबी तुलसीपुर सेन्टर भिड्नेछन्।

प्रतियोगिताको उद्घाटन समारोह समस्त यमुना परिवारका सदस्य स्वर्गीय यमुना डागिकी छोरी पुजा डागी घर्तिमगरको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं नेपाल राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश खेलकुद बिभाग प्रमुख दिपक केसिको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रमको संचालन दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

२०७७ साल साउन ४ गते स्वर्गीय हुनु भएकी यमुना डागिको स्मृतिमा आयोजित प्रतियोगितामा जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत बिधालयका गरि १२ टिमको सहभागिता रहेको छ ।

भोलि सनिवार सम्म चल्ने प्रतियोगिताको बिजेता, उपबिजेता टिमले क्रमशः नगद ४० र २० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ्न् ।

त्यसैगरी ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्सन गर्ने बेष्ट प्लेयर खेलाडी लाई नगद २५ सय,ट्रफी, प्रमाणपत्र प्रदान गरिने छ भने हाई स्कोरर,बेष्ट किप्पर,र राईजिङ प्लेयर लाई क्रमशः जनही १५ /१५ सय,ट्रफी,प्रमाणपत्र प्रदान गरिने समस्त यमुना परिवारका सदस्य सुरज घर्तिमगरले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *