२०८३ असार ७ गते आइतवार

शिवालय मन्दिर निर्माणार्थ महायज्ञमा १४ लाख बढी संकलन

तुलसीपुर, २४ जेठ ।
नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर–४ मजुवास्थित ठूलाखालीमा जारी महायज्ञमा १४ लाख बढी दान रकम संकलन भएको छ । महायज्ञमा शुक्रबारसम्म नगद र कलशबाट गरी १४ लाख ९ हजार ६ सय ३८ रुपैयाँ दान रकम संकलन भएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले जानकारी दिएका छन् ।

महायज्ञमा शुक्रबारमात्रै ३ लाख ३९ हजार ३ सय १४ रुपैयाँ संकलन भएको उनले बताए । शनिबारदेखि शुरु भएको महायज्ञमा तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर निवासी मकर कुमारी बस्नेतले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी छन् ।

त्यस्तै तुलसीपुर–४ मजुवा निवासी जसीराम खड्का र सुशीला खड्काले ३२ हजार १० रुपैयाँ, गुरु जजुर नमुना माध्यमिक विद्यालय रक्षाचौर, दाङले ३० हजार २ सय रुपैयाँ, भृकुटी टोल विकास संस्था रक्षाचौरले २९ हजार ४ सय ५० रुपैयाँ दान गरेका छन् ।

यसैबीच एक लाख भन्दा बढी दान गर्ने दातालाई पञ्जे बाजासहित तुलसीपुर नगर परिक्रमा गराइएको मूल आयोजक समितिका संयोजक सुदिप खड्काले जानकारी दिए ।

धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागि आर्थिक संकलनार्थ महायज्ञको आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक खड्काले बताए । शनिबारदेखि शुरु भएको महायज्ञ जेठ २६ गते आइतबारसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमल्सिना रहेका छन् । महायज्ञमा दैनिक भजनकीर्तन, झाँकी तथा नाटक प्रस्तुत गरिनुका साथै विभिन्न धार्मिक कार्यहरु चौरासी पूजा, लाखबती, विवाह, व्रतबन्ध, व्रत सांगीता, भूमिदान, तुलादान, गौदानलगायतका कार्यहरु भइरहेका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *