
दाङ, जेठ २४ । सडकमा ग्राभेल हालेर स्तरउन्नती गरिदिएपछि तुलसीपुरका एक युवालाई पश्चिम दाङबासीले सम्मान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा निवासी विक्कि सिंह ठकुरीले दंगिशरण गाउँपालिका वडा नं. २ को सिमलकुनास्थित सडकको ५५० मिटर सडक ग्राभेल गर्नुको साथै स्तरउन्नती गरिदिएपछि शुक्रवार उनलाई स्थानीयले सम्मान गरेका हुन ।
एक कार्यक्रमको आयोजना गरि सिमलकुनामा उनलाई सम्मान गरिएको थियो । मोहन विकको अध्यक्षता र गाउँपालिकाका सचिव धनविर चौधरीको प्रमुख आथित्यमा भएको थियो । गाउँलेहरुले आग्रह गरेपछि सिंहले त्यहाँको ५५० मिटर सडक खण्ड ग्राभेल गरिदिएका थिए । सडक खण्ड ग्राभेल नुहँदा बर्षामा आवात जावात गर्न मुस्किल हुने र सवारी साधन पनि संचानल गर्न कठिन हुने अवस्था थियो । सडकको स्तरउन्ती पछि त्यो समस्या टरेको स्थानीयबासीले बताएका छन् । सिंहले दंगिशरण गाउँपालिकामा रहेका खोलाहरुमा बालुवा गिट्टीको निकासीको काम पनि गर्दै आएका छन् ।

सिंहले यसअघिपनि विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । केही समय पहिले उनले तुलसीपुर १३ को एक अग्नि पीडित परिवारलाई खाद्यान्न लगायत राहात वितरण गरेका थिए । त्यस्तै उनले सितलपुर मन्दिरमा चलेको महापुराणमा ५५ हजार नगद दान गरेका थिए ।