२०८३ मङ्सिर ११ गते बिहिवार

एमालेबाट उपनेता आचार्य बन्ने भए लुम्बिनीको मुख्यमन्त्री

तुलसीपुर, साउन ७ । नेकपा एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री हुने भएका छन् ।


दाङसंग सीमा जोडिएको अर्घाखाँची जिल्लाको निर्वाचन क्षेत्र नं. १ (१) बाट आचार्य गत निर्वाचनमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशको केन्द्र राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालीकाको सीमाना राप्ती नदीले छुट्याउने गर्छ ।

आइतबार मात्रै एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने भनिएको थियो । पार्टी भित्र उनी उपाध्यक्ष तथा अर्थमन्त्री बिष्णु पौडेल निकट मानिन्छन् ।
एमाले महासचिव शंकर पोख्रेलले आचार्य नै अबको मुख्यमन्त्री बन्ने टुँगो लागेको बताए । महासचिव पोख्रेलले – आलो पालो गरौं भन्ने कुरा हुन सक्ने प्रतिक्रिया दिए । पार्टी भित्र आचार्य पोख्रेल निकट मानिन्छन् ।

यसबारे बुझ्न खोज्दा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री गिरीले पनि माथिबाट पार्टी केन्द्रले आचार्यलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरि पठाएको बताए । उनले भने – ‘यो राजनीति हो र यो यस्तै हो ।’
आइतबार पार्टीले आँफुालई नै मुख्यमन्त्री बनाउने भनेपनि अन्तिमा आएर आचार्यलाई बनाउने भन्ने कुरा माथि बाट आएको हुँदा सोही अनुरुप हुने नेता गिरीले बताए ।


आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय संगै अब प्रदेश संसदीय दलको नेतापनि आचार्य नै हुने छन् ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *