तुलसीपुर, असार ३ । दाङमा फेरि सर्पदंशबाट एक जना १६ बर्षीया किशोरीको मृत्यु भएको छ ।
दाङ देउखुरीको राजपुर गाउँपालिका – १ कटबेरुवाकी १६ बर्षीय सुस्मिता रोकाको सर्पदंशका कारण बुधबार राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सुस्मितालाई आफ्नै घरभित्र बेलुकी ४ बजेतिर दाहिने हातमा सर्पले डसेको थियो ।
जतिखेर उनी आफ्नो सुत्ने कोठामा सुतिरहेकी थिइन ।
सुरुमा उनलाई उपचारका लागि गढवास्थित स्वास्थ्य उपशाखाको सर्पदंश केन्द्रमा उपचारका लागि लगिएको थियो ।
गढवाको सर्पदंश उपचारका केन्द्रमा सामान्ने उपचार पछि उनलाई थप उपचारका लागि घोराहीका लागि रिफर गरिएको थियो ।
राति ९ बजेतिर घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रष्ठिानमा पु¥याउनासाथ सुस्मितालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार