२०८३ असार २७ गते शनिवार

एक तोला सुनको मूल्य झन्डै डेढ लाख !

दाङ, साउन २ । नेपाली बजारमा सुनको मूल्य तोलाको झन्डै डेढ लाख नजिक पुगेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
पछिल्लो पटक प्रतितोला दुई हजार रूपैयाँ बढेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको बुधबारको मूल्य हालसम्मकै धेरै हो।

मंगलबार सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

मंगलबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *