२०८१ भाद्र २६ गते बुधवार

भूकम्पछी निर्मित टहरो बाढीले भत्काउँदा ३ बालबालिकाको मृत्यु, एक युबक बेपत्ता

सात जना घाइते

दाङ, साउन १ । रूकुम पश्चिमको आठविसकोट नगरपालिका – १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ। एक जना बेपत्ता छन् । सात जना घाइते भएका छन् । खोलाको बाढीले थप तीन वटा घर र दुई वटा घम्ति पसलहरु बगाएको छ ।


भूकम्प पछि निर्मित स्थानीय सुवर्ण पुनको टहरा स्थानीय गिजा खोलामा आएको बाढीले भत्काउँदाम ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन र आठबिसकोट – १० की ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको छ ।


गिजा खोलामा आएको बाढीले ढुँगा माटोसहित भित्र हुलेपछि भूकम्पपछि निर्मित टहरो भत्किन गइ तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
बाढीका कारण स्थानीय ३५ बर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरी प्रबक्ता शाहीले बताए ।

बिहान २ बजेतिर आएको बाढीले घर टहरा भत्काउँदा १० बर्षीय बिजय सार्की, २२ बर्षीया मनिसा पुन, ६५ बर्षीया मनसरा पुन, २९ बर्षीय जनक खत्री घाइते भएका छन् । त्यस्तै अर्कौै घर बाढीले भत्काउँदा ४ बर्षीय मेक्सन पुन, २८ बर्षीया धनमाया पुन र ६५ बर्षीया कल्पना कामी घाइते भएको प्रहरी प्रबक्ता शाहीले बताए । घाइतेहरुको अवस्था सामान्ने रहेको पनि उनले बताए ।

मध्य रातमा गिजा खोलामा आएको बाढीले स्थानीय गमबहादुर खत्रीको जस्ता पाताले छाएको घर, घुम्ती पसल, धनजित सार्कीको घुम्ति पसल र आठबिसकोट – ८ का दीपक परियारको कच्ची घर, सौचालय र अर्कौ एउटा टहरापनि बगाइ दिएको प्रहरी निरीक्षक शाहीले बताए ।


भारी बर्षा भएका कारण खोलामा बाढी आउन सक्ने संभावनालाई मध्यनजर गरि परियारले घरका अति आवश्यक बन्दोबस्तिका सामाग्रीपनि सुरक्षित ठाउँमा ओसारी सकेको शाहीले जानकारी दिए ।


सामन ओसार्नुका साथै आँफुपनि सुरक्षित ठाउँमा गएको हुँदा परियार जोगिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेल घटनास्थल तर्फ लागेका छन् । उनलाई फोन सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *