दाङ, असार ३० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको हुन ।
राष्ट्रपति पौडेलले एमले अध्यक्ष ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन । ओली यसपटक नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न सफल भएका हुन ।
गत असार १७ गते मात्रै संसदका प्रमुख ठूला दलहरु कांग्रेस र एमालेका बीचमा ओलीलाई पहिले र चुनाब ताका काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति बनेको थियो । यो संगै ओली अहिले सम्मको आफ्नो जीवन कालमा चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न सफल भएका छन् ।
प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ भने सोमबार बिहान ११ बजेका लागि शितल निवासमा तय गरिएको छ ।
प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार
