२०८२ जेष्ठ ३० गते शुक्रवार

कपुरकोटमा पहिरोले राप्ती राजमार्ग अबरुद्ध

तुलसीपुर , असार २२ । सल्यानको कपुरकोटमा झरेको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

सल्यानको कपुरकोट नजिकै लेदोसहितको पहिरो झरेका कारण राजमार्ग अवरु भएको सल्यानका प्रहरीका प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले जानकारी दिए ।

बर्षा जारी रहेको तथा माथिबाट लेदोमाटो खस्ने क्रम नरोकिएको हुँदा समस्या भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार मध्य पहाडी लोकमार्ग अन्तरगत दाङ सडक खण्ड अन्तरगत पर्ने सिस्ने गाउँपालिका – ६ रानीकोटमा पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै प्यूठानका प्रहरी प्रमुख डिएसपी इश्वर थापाले दाङको भालुवाङ –प्यूठान सडक खण्ड अन्तरगत माण्डबी गाउँपालिकाको गर्जेनीमा झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै प्यूठानदेखि दाङको बंगलाचुली सडक खण्डको ताछ्ने भिर नजिकै पनि पहिरोका कारण सडक खण्ड अवरुछ भएको डिएसपी थापाले बताए । दुबै सडक खण्ड खुलाउने प्रयास जारी रहेको डिएसपी थापाले बताए ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार राप्ती नदी लगाएतमा पानीको बाहाब ह्वात्तै बढेको हुँदा साबधानी अपनाउन सचेत तुल्याइएको छ । बर्दिया प्रहरीले पनि बबइ नदी लगाएत खोलाहरुमा पानीको बहाब बढेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *