२०८३ असार ७ गते आइतवार

शिवालय मन्दिर निर्माणार्थ महायज्ञमा करिब १० लाख संकलन


तुलसीपुर, २३ जेठ ।
नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर–४ मजुवास्थित ठूलाखालीमा जारी महायज्ञमा करिब लाख बढी दान संकलन भएको छ । महायज्ञमा बिहीबारसम्म नगद र कलशबाट गरी ९ लाख ५६ हजार ९७ रुपैयाँ दान संकलन भएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले जानकारी दिएका छन् ।

महायज्ञमा बिहीबारमात्रै ३ लाख २१ हजार ९७ रुपैयाँ संकलन भएको उनले बताए । शनिबारदेखि शुरु भएको महायज्ञमा तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्ती निवासी धनबहादुर वलीले १ लाख ५० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै तुलसीपुर–४ मजुवाका चेतराज सिंह ठकुरीले २५ हजार ५ सय २५, सोही ठाउँकै गणेशबहादुर वलीले २३ हजार १ सय ५ रुपैयाँ दान गरेका छन् ।

धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागि आर्थिक संकलनार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक खड्काले बताए । शनिबारदेखि शुरु भएको महायज्ञ जेठ २६ गते आइतबारसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमल्सिना रहेका छन् । महायज्ञमा दैनिक भजनकीर्तन, झाँकी तथा नाटक प्रस्तुत गरिनुका साथै विभिन्न धार्मिक कार्यहरु चौरासी पूजा, लाखबती, विवाह, व्रतबन्ध, व्रत सांगीता, भूमिदान, तुलादान, गौदानलगायतका कार्यहरु भइरहेका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *