२०८१ असोज ३ गते बिहिवार

रोल्पामा ४ सय मिटर तल खस्यो जिप, ११ जनाको अवस्था गम्भीर

दाङ, असार १७ । रोल्पाको जिप दुर्घटनामा परेको छ ।

घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप बेलुकी ६ बजेतिर माडी गाउँपालिका – ४ परेवा छहरा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो ।

जिप सडकदेखि झन्डै चार सय मिटर तल खसेको छ । जिप दुर्घटनामा परि ११ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्धार गरि अस्पताल पु¥याइएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले घाइते सबैको अवस्था गम्भीर रहेको बताए । रोल्पामा पानी परिरहेको हुँदा कच्ची र चिफ्लो बाटोको कारण जिप दुर्घनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *