२०८१ भाद्र २८ गते शुक्रवार

तुलसीपुर बाणिज्य संघले प्रहरीलाई किन्देको मोटरसाइकल

दमकल किन्न उपमहानगरलाई १० लाख दिने

तुलसीपुर , असार १३ । तुलसीपुर उद्योग बाणिज्य संघले एउटा नयाँ पल्सर मोटरसाइकल किनेर प्रहरीलाई दिएको छ ।

‘सुन्दर तुलसीपुर – सुरक्षित तुलसीपुर’ अभियासन अन्तरगत बिहीबार बाणिज्य संघमा मोटरसाइकल हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणिज्य संघका अध्यक्ष बिनिल केसीले सामाजिक उत्तरदायित्व अन्तरगत इलाका प्रहरी कार्यालयलाई शान्ति सुरक्षा कायम राख्न सहयोग पुगोस भन्ने हेतुले नयाँ पल्सर मोटरसाइकल किनेर इप्रका तुलसीपुरलाई प्रदान गरिएको बताए ।

साथै तुलसीपुर उद्योग बाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकालाई आधुनिक बारुण यन्त्र –दमकल) किन्न दश लाख आर्थिक साहेता गर्ने घोषणा गरेको छ ।

बिहीबार बाणिज्य संघमा इलाका प्रहरी कार्यालय तुलसीपुरलाई एउटा नयाँ मोटरसाइकल हस्तान्तरण गर्दै बाणिज्य संघका अध्यक्ष बिनिल केसीले उपमहानगरपालिकालाई दमकल किन्न दश लाख आर्थिक साहेताको घोषणा गरेका हुन ।
‘उपमहानगरमा अहिले एउटा पुरानो बारुण यन्त्र छ र त्यो बिग्री रहन्छ,’ अध्यक्ष केसीले भने ‘ उपमहानगरलाई आधुनिक बारुण यन्त्र किन्नका लागि बाणिज्य संघ दश लाख आर्थिक साहेताको घोषणा गर्दछ ।’
बाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तरगत आचार्य कुलमको योगा भवन निर्माणका लागि ५० हजार बढी , मानव आश्रम दाङको भवन निर्माण सहयोगगार्थ एक लाख ५५ हजार, अपाङ्ग संघ दाङलाई ११ हजार बढी आर्थिक साहेता गरिएको अध्यक्ष केसीले बताए ।

बाणिज्य संघको अध्यक्षमा निर्वाचित भए लगतै कार्यसमिति बैठक मार्फत केसीले उपमहानगरलाई आधुनिक बारुण यन्त्र खरिदमा सघाउने उदेश्यले दश लाख सहयोग गर्ने निर्णय गराइ सकेका थिए ।

बणिज्य संघको निर्णयको तुलसीपुरका मेयर टीकाराम खड्काले स्वागत गर्दै तुलसीपुर बनाउन सबैले हातेमालो गर्न जरुरी रहेको बताएका थिए ।
मेयर खड्काले तुलसीपुर बारे नकारात्मक टिप्पनी गर्ने तथा शान्ति सुरक्षाको बारेमा आशंका पैदा गर्नेहरुले छिटफूट घटनालाई लिएर गलत प्रचार बाजी गरि रहेको भन्दै त्यस्ता अपराधिक गतिबिधि निस्तेज पार्न साझा प्रयास जरुरी रहेको बताए ।


‘ आउनुहोस मिलेर जाउँ,’ मेयर खड्काले भने ‘ तुलसीपुरमा कहाँ ÷ कहाँ सिसी टिभी राख्नु पर्ने हो ? रिपोर्ट तयार पार्नुहोस त्यसमा पनि हातेमालो गरौंला ।’

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलले बाणिज्य संघले निशुल्क रुपमा नयाँ पल्सर मोटरसाइकल उपलब्ध गराउँदा प्रहरी थप उत्साहित भएको बताए । ‘प्रहरी संग साधन स्रोतको अभाव छ,’ पोख्रेलले भने ‘अब क्यूआरटीलाई गस्तिमा जान थप सजिलो हुने छ ।’

बाणिज्य संघका यसअघिका अध्यक्ष रामप्रशाद चालिसे, पूर्व अध्यक्ष हिमाल बस्नेत लगाएतले तुलसीपुरको शान्ति–सुरक्षा र बिकासका लागि सबैले हातेमालो गर्नुु जरुरी रहेको बताएका थिए ।

हालसालै बाणिज्य संघको पहलमा लुम्बिनी सरकारले तुलसीपुरका चार स्थानमा हाइमाष्ट लाइट स्थापना गरिएको हुँदा त्यसले रातिमा हुने तुलसीपुरमा हुने चोरी तथा अपराधका घटना न्यूनिकरणमा सघाउने उनीहरुको आशा थियो । उज्यालो र सुरक्षित तुलसीपुर राख्न स्थानीय सरकार थप जिम्मेवार हुनुपर्ने उनीहरुले बताएका थिए ।
सुन्दर तुलसीपुर र सुरक्षित तुलसीपुर अभियान अन्तरगत नबिल बैंकको तुलसीपुर शाखाले २० हजार सचेतनामुलक स्टिकरहरु सौजन्नेको निर्णय गरेको बाणिज्य संघका महासचिव केशब केसीले जानकारी दिएका थिए ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रमको स्वागत बाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारीको स्वागतबाट सुरु भएको थियो भने सहजीकरण महासचिव केशब केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *