दाङ, असार ११ । रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका नन्द भाउजुको मृत्यु भएको छ ।
जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. – ३ भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको सुतिरहेको समयमा चट्याङले हान्दा मृत्यु भएको हो ।
मंगलबार बिहान १ बजेतिर उनीहरुलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए ।
डिएसपी लामाका अनुसार जाइताका श्रीमान बाग्लुङबाट घर आउन थालेको हुँदा घटनास्थलबाट अझैं शब उठाइएको छैन ।
उनी बाग्लुङमा मजदुरी गर्न गएको भन्ने खुलेको प्रहरीले बताएको छ । घरमा तीन जना मात्रै थिए । संगै रहेका जाइतका ६ बर्षीय छोरा भने सकुशल रहेको डिएसपी लामाले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार