२०८२ जेष्ठ ११ गते शुक्रवार

आईसीसी टी २० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपालले लियो तेश्रो विकेट

काठमाडौं ,असार ३ । आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालले तेस्रो विकेट लिएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा बंगलादेशविरुद्ध भएको खेलमा नेपालका सोमपाल कामीले तेस्रो विकेट लिएका हुन्।

४.३ ओभरमा कामीको बलमा लिटन दासलाई आशिफ शेखले क्याच आउट गराएका हुन्। उनी १२ बलमा १० रन बनाएर बाहिरिए।

यस अगाडि सोमपालले पहिलो बलमै ओपनर तान्जिब हसनलाई पेभिलियन फर्काएका थिए।

टस हारेर ब्याटिङ गरेको बंगलादेशले ४.३ ओभरमा ३ विकेटको क्षतिमा २१ रन बनाएर खेलिरहेको छ।

अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। तर बंगलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ।

समूह ‘डि’ बाट दक्षिण अफ्रिका ८ अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ। अब समूह ‘डि’ बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्न बाँकी छ।

नेपाललाई पराजित गरेमा बंगलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ। अंक तालिकामा बंगलादेशको चार अंक छ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *