२०८१ असार ३१ गते आइतवार

स्कार्पियो गाडी दुर्घटनामा नौं जना घाइते


दाङ, असार २ । पाल्पामा स्कारपिओ गाडी दुर्घटना हुँदा नौं जना घाइते भएका छन ।
घाइते मध्य पाँच जनाको अवश्था मध्यम रहेको छ भने अन्य चार जनाको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा पाल्पाको रामपुर नगरपालिका वडा –५ की २० वर्षीया अनिषा सिंह ठकुरी, २३ वर्षीया ममता श्रेष्ठ, २० वर्षीया सबिना राना, वडा नम्बर ४ की १९ वर्षीया श्रृया रूचाल, वडा – ५ की १९ वर्षीया दीपा हिस्की मगर, ५ की २१ वर्षीया डोल्मा खण्डाल, चालक ३० वर्षीय मोहन अर्याल, ३४ वर्षीय शंकर श्रेष्ठ र वडा नम्बर ९ की २८ वर्षीया रचना राना रहेका छन् ।

घाइते सबैको उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

पाल्पाको निस्दी गाउँपालिका – ४ झ्यालिङस्थित कच्ची सडक खण्डमा बा १५ च ५९४ नम्बरक स्कारपिओ गाडी अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
शिविर सञ्चालनका लागि गएकाहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

पाल्पाका प्रहरी प्रबक्ता डिएसपी सुगन्ध श्रेष्ठका अनुसार उनीहरु मध्य अधिकाँस स्थानीय होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा गएका थिए । डेण्टल सम्बन्धी शिविरमा गई उनीहरू रामपुर फर्कँदै गर्दा दुर्घटनामा परेका थिए ।
गाडी आफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *