तुलसीपुर, जेठ ३० । तुलसीपुर उपमहानगरपालिकाले वडा नं. ६ बाट पहिलो पटक डिजिटल सेवा सुरु गरेको छ ।
तुलसीपुरका मेयर टीकाराम खड्काले बुधबार वडा नम्वर ६ बाट सेवाग्राही वीरबल शर्मालाई डिजिटल सिफारिस दिइ सेवाको सुरुवात गरेका हुन ।
तुलसीपुरले डिजिटल सिफारिस ऐन जारी गरेर १९ वटै वडामा बुधबारदेखि नै कार्यान्वयनमा ल्याएकोे मेयर खड्काले बताए ।
मेयर खड्काले नगरवासीलाई हात हातमै सेवा प्रदान गर्नका लागि सेवा सुरु गरिएको बताए ।
पालिकाका सूचना प्रविधि अधिकृत सविन केसीले अबदेखि तुलसीपुरको एप डाउनलोड गरी सेवाग्राहीले जुनसुकै ठाँउबाट सिफारिस लिन सकिने बताएका छन् । वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस अब सहजै प्राप्त गर्न सकिने दाबी गरिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार