कमल खड्का, रोल्पा , जेठ २३ । रोल्पाको जेठ ३ गतेदेखि संचालन गरिएको होलेरी सांस्कृतिक मेलाको फोहर प्रहरीले संकलन गरेको छ ।
रुन्टीगढी गाउँपालिकाको नगर प्रहरीले बुधबार फोहर सरसफाइ गरेको हो । होलेरी चौथौ बृहत सास्कृतिक मेलापछि मेलास्थलमा फोहरहरु यत्रतत्र छरिएपनि आयोजकले त्यो सरसफाइमा ध्यान दिएको थिएन ।
मेला संचालन गरिएको स्थानमा व्यापारीका साथै मेला अवलोकनका लागि गएका ब्यक्तिले गरेको फोहर यत्रतत्र अवस्थामा छरप्रष्ट थियो ।
त्यो फोहोर सरसफाइमा कसैले चासो नदेखाएको हुँदा आँफुहरुले फोहर संकलन गरेको रुन्टीगढी गाउँपालिका नगर प्रहरी प्रमुख लिलाराज थापाले बताए ।
थपाको नेतृत्वमा ८ जनाको टोली बिहान ६ बजेदेखि ११ बजेसम्म फोहर संकलन र ब्यबस्थापनमा खटिएको थियो ।
त्यसक्रममा २० बोरा फोहोर संकलन भएको थापाले बताए ।
संकलन भएको फाहोरलाइ उचित स्थानमा व्यबस्थापन गरिएको उनले जानकारी दिए ।