२०८१ असार ८ गते शुक्रवार

दाङमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु


लक्ष्मण बस्नेत ,तुलसीपुर,जेठ २० । दाङको तुलसीपुरमा आज देखि एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजनमा संचालित कोचिङ कोर्सको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी खड्काले राष्ट्रको सान र पहिचान स्थापित गर्ने खेलकुद क्षेत्रको बिकासमा तुलसीपुर नगर लागि परेको बताए ।

स्थानीय स्तरबाट खेल क्षेत्रको बिकास भए मात्र सिङ्गो खेलकुद क्षेत्रले अपेक्षाकृत रुपमा फड्को मार्न सक्छ भन्ने सोचका साथ आफुहरु नितिगत रुपमै यसको बिकासमा लागि परेको उनले बताए ।

नगर क्षेत्रको खेल पुर्वाधार बिकास,खेल गतिबिधि,खेलाडिको संरक्षण र उन्नयनमा सम्बन्धित सरोकारवाला संग छलफल अन्तरक्रिया गर्दै यस क्षेत्रको खेलकुद बिकासमा आफू सदैब कटिबद्ध भएर लाग्ने प्रतिवद्ता उनले ब्यक्त गरे ।

साथै खड्काले सामुदायिक स्तरमा फुटबल खेलको बिकास संगै खेलाडी उत्पादनको एउटा बलियो आधार स्तम्भ एन्फा कम्युनिटी कोचिङ कोर्स आफ्नै नगरमा हुनुले आफूमा उत्साह थपिएको बताउदै कोचिङ कोर्सको पुर्ण सफलताको शुभकामना ब्यक्त गरे ।

संघका अध्यक्ष संजात धितालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी ज्ञानज्योती एजुकेसन फाउन्डेसनका सिईओ सुरेन्द्र जिसि,संघका सल्लाहकार भागवत पौडेल लगाएतले कोचिङ कोर्सको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

एन्फाका टेक्निकल डाईरेक्टर हरि खड्का,एन्फाका हेड अफ कोच एजुकेसन संजित सिह प्रशिक्षक रहनु भएको कोचिङ कोर्सका क्रममा सामुदायिक स्तरमा कसरी खेलाडीहरु लाई प्रशिक्षित गर्ने,उमेर समुहको प्रशिक्षण,आधुनिक कोचिङ,प्रशिक्षणसत्र संचालन प्रक्रिया,प्रशिक्षणको आधारभुत बुझाई,टेक्टिस,टेक्निक, स्किल लगाएतका बारेमा प्रशिक्षण दिईने छ ।

ज्ञानज्योती एजुकेसन फाउन्डेसन द्वारा संचालित ज्ञान ज्योती एकेडेमी तुलसिपुर ६ गोलौरा र बरुवागाउमा चार दिन सम्म चल्ने कम्युनिटी कोचिङ कोर्समा सात प्रदेशका विभिन्न जिल्लाका ४३ जना सिनियर खेलाडिहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक केशव चौधरीले जानकारी दिए ।

संघका उपाध्यक्ष पवन कुमार योगिको स्वागत रहेको कार्यक्रमको संचालन संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *