२०८३ कार्तिक २० गते बिहिवार

ढलेका पोल मर्मत पछि बिद्युत सुचारु


तुलसीपुर , जेठ २० । तुलसीपुरमा शनिरबार बेलुकादेखि गएको बिजुली बत्ति आइतबार दिउँसो मध्यान्हबाट पुनः सुचारु भएको छ ।

शनिबार बेलुकी हावाहुरीसहित आएको पानीले बिजौरी, फूलबारी लगाएतका बिभिन्न स्थानमा दर्जन जति बिद्युत पोलहरु ढालेको थियो ।

ती पोलहरु गाडेपछि फेरि बिद्युत सुचारु भएको नेपाल बिद्युत प्राधिकरण तुलसीपुरका एक कर्मचारीले जानकारी दिए ।

शनिबार बेलुकी साढे ७ बजेतिर बाट सुरु भएको हावा हुरी पछि तुलसीपुर आसपासको बिद्युत अवरुद्ध हुन पुगेको थियो । तुलसीपुरको मुख्य बजार बाहेक अन्य कतैपनि बिद्युत वितरण गरिएको थिएन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *