दाङ, जेठ १७ । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले लामो गर्मी बिदा दिएको छ ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नेपालगञ्जले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिएको हो ।
उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै असार ९ गतेदेखि बिद्यालय नियमित रुपमा संचालन हुने जानकारी दिएका छन् ।
शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भएपनि गर्मी अत्यधिक बढेर पठन पठानमा समस्या भएको भन्दै हप्ता दिन अगाडि नै गर्मी बिदा दिइएको हो ।
नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेलसियस भन्दा माथि पुगेको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार