तुलसीपुर,जेठ १७ । दाङको अधिकतम तापक्रम ४० दशमलब २ डिग्री सेल्सियस पुगेको छ । यो जिल्लाको १२ बर्ष यताको उच्च तापक्रम हो ।
२०६९ साल जेठ ३२ गते ४१ डिग्र्री सेलसियस मापनको रेकर्ड रहेको मौसम विज्ञान कार्यालय घोराही दाङकी प्रमुख श्रेया रिजालले फरककोणलाई जानकारी दिइन ।
दाङमा बिहीबार बिहान मात्रै यो बर्षकै उच्च न्यूनतम तापक्रम मापन भएको छ । रिजालका अनुसार बिहानको न्यूनतम तापक्रम २७ डिग्री सेलसियस थियो ।
बुधबार जिल्लाको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । एकै दिनमा तापक्रम ७ दशमलबले बढेको छ । तापक्रम अझैं बढ्न सक्ने अनुमान मौसम विज्ञान कार्यालयको छ ।
तापक्रम नियमित रुपमा बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव सामान्ने जनजीवनमा पनि देखिन थालेको छ । बजारमा किनमेलका लागि आएका काकाकुल सर्वसाधारण तुलसीपुरको बिपी चोकमा होटेल ब्यबसायी टेकराम खड्काले बिगत १६ बर्षदेखि संचालन गर्दै आएको निशुल्क खानेपानी बितरण भइ रहेको ठाउँमा प्यास मेटाइ रहेका हुन्छन् ।
गर्मीका कारण दिउँसोमा तुलसीपुर बजारमा मानिसहरुको चहलपहल कम हुँदै गएको छ ।
तापक्रम बढेपछि तालो हावा चल्न थालेको छ । पैदल यात्रुहरु घामबाट जोगिन छाता ओडेर हिडेको देखिन्छन् । गर्मीका कारण सहर बजारमा किनमले गर्न आउनेको संख्या घटेको छ । पैदल यात्रु कम र गाडीमा मानिसहरु बढी यात्रा गर्ने गरेको देखिन्छ ।
गर्मीकै कारण तुलसीपुरका बिद्यालयहरु शुक्रबारदेखि लागु हुने गरि पाँच दिन बन्दको घोषणा गरिएका छन् । देउखुरी उपत्यकाका तीन पालिकाले यसअघि नै गर्मी बिदा दिइ सकेका छन् ।
तस्वीर सबै फरककोण ।