२०८१ असार ३ गते आइतवार

देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु

सल्यान,जेठ १० । देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी एक महिलाको डुबेर मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका ८ मार्के आरामेलटाकुराकी ३० वर्षीया कमला कुवरको विहिबार विहान कुपिण्डे तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनी विहिबार बिहानै बाबुआमासँग बनगाड कुपिण्डे नगरपालिका ८ मा रहेको कुपिण्डेताल नजिकै रहेको बराह मन्दिरमा पुजा गर्न गएकी थिइन् ।

पुजा गर्ने क्रममा आफुलाई देवता चढेको भन्दै तालमा हाम फालेको भनेर मन्दिरका पुजारी कुल बहादुर गोसाईले प्रहरीलाई जानकारी गराएका थिए ।

तालमा डुबेकी कमलालाई आफन्त र स्थानीयले उद्धार गरेका थिए ।

उद्धार पछि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भईरहेको र मृत्यु भएकी महिलाको शव जिल्ला अस्पताल सल्यानमै पोष्टमार्टमको लागि राखिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *