२०८१ असार १० गते आइतवार

मसोटको ओरालोमा बसले दुई मोटरसाइकलाई ठक्कर दियो , तीन जना घाइते

दाङ, जेठ ७ । दाङको मसोटमा बसले दुई वटा मोटरसाइकलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । दुर्घटनामा सशस्त्र प्रहरीका हवल्दारसहित तीन जना घाइते भएका छन् ।


आइतबार बेलुकी ओरालोमा झरिरहेका दुई मोटरसाइकलमा तीन जनालाई एकै दिशातर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो ।

त्यो दुर्घटनामा परि दाङको लमही नगरपालिका – ४ घर भइ प्यूठानमा कार्यरत ३४ बर्षीय सशस्त्र प्रहरीका हवल्दार चालक पुनिराम चौधरी, पछाडि सवार सोही ठाउँकै २६ बर्षीय प्रबेशकुमार चौधरी र अर्कौ मोटरसाइकलमा सवार सोही ठाउँकै २१ बर्षीय पंकज चौधरी घाइे भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार सशस्त्र प्रहरीका हवल्दार चौधरीलाई बढी चोट लागेको छ । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार जारी छ । उनको टाउकोमा चोट रहेको डिएसपी मल्लले बताए । सबै घाइको घोराहीमै उपचार जारी छ । प्रहरीका अनुसार अन्य दुई जना बोल्न सक्ने अवस्थामा छन् ।

घोराही – लमही सडक खण्ड अन्तरगत घोराही बाट लमही जाँदै गर्दा घोराही उपमहानगरपालिका – ३ मसोटको ओरालोमा झरिरहेका बा ८९ प २४८६ नम्बरको मोटरसाइक र रा ५ प ९७६१ नम्बरको मोटरसाइकललाई ना ४ ख ५५३५ नम्बरको बसले बेलुकी ६ बजेतिर ठक्कर दिएपछि ती दुबै मोटरसाइकल अगाडि गुडिरहेको रा १ ख १९२६ नम्बरको बसको पछाडि भागमा ठोक्किन पुगेका थिए ।


प्रहरीका अनुसार ठक्कर दिने बससहित चालक फरार रहेका छन् । उनको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ । अर्का बसका चालक र सहचालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *