२०८१ असार ८ गते शुक्रवार

तुलसीपुरमा मदन -आश्रितकाे स्मृति दिवस मनाइयाे


तुलसीपुर,जेठ ३ । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। एमाले तुलसीपुर नगर कमिटीको आयोजनामा आज तुलसीपुरको मदन आश्रित चोकमा कार्यक्रमको आयोजना गरिएको थियो।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए। चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ।

कार्यक्रममा नेताहरूले स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद आजको समयमा अत्यन्तै सान्दर्विक र समय सापक्ष रहेकाले यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य घन्श्याम पाण्डे, केन्द्रिय सदस्य कोमल ओलि, एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, सचीव मनोहर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *