
तुलसीपुर,वैशाख ३० । तुलसीपुर उद्योग वाणिज्य संघको एसोसिएट सदस्यमा सन्दिपन रिजाल निर्वाचित भएका छन् ।
रिजालले संयुक्त प्यानल तर्फका उमेद्धवार सुरज ज्ञवालीलाई ३३ मतान्तरले पराजित गर्दै एसोसिएट सदस्यमा निर्वाचित भएका हुन् ।
कुल १०२ मत खसेकोमा रिजालले ६९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस सर्मथनको विनिल केसीको प्यानलबाट उमेद्धवार बनेका थिए ।
विनिल प्यानलकै आचार्य सर्वसम्मत
यसैगरी यसअघी विनिल केसी प्यानलका चिन्तामणी आचार्य संस्थागत सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।
आचार्य यसअघि नै सर्वसम्मत भएको निर्वाचन समितिले बताएको छ ।
निर्वाचित आचार्य र रिजाललाई निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार