तुलसीपुर , बैशाख ३० । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ । ११ सय मत गणना गरि सक्दा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार बिनिल केसीले लिड गरि रहेका छन् ।
बिनिल केसीले ५२५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार ललितजंग शाहले ४५३ मत प्राप्त गरेका छन् । अहिले सम्म बिनिल प्रतिष्पर्धी ललित भन्दा ७२ मतान्तरले अगाडि छन् । बिनिल पाँच सय मतगणना सक्दा ४० मतान्तरले अगाडि थिए ।
काँग्रेसबाट टिकट नपाएपछि रुष्ट बनेका शाह बिद्रोह गरि नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका दलहरु संग गठबन्धन गरि प्यानलसहित प्रतिष्पर्धामा होमिएका थिए ।
शनिबार करिब मध्य रातिबाट सुरु मत गणना सुरु भएको थियो । मतदानमा २८८६ मत खसेको थियो । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए । अझैं झन्डै डबल १७ सय जति मतगणना हुन बाँकी नै छ ।
हालसम्मको निर्वाचन परिणाम अनुसार उद्योग उपाध्यक्षमा भने गठबन्धनका बिश्व बस्नेत अगाडि छन् । उनले ५४२ मत प्राप्त गर्दा काँग्रेसका हेमेन्द्र खड्काले ३८६ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर १५६ रहेको छ ।
विश्व उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतका नाति र पूर्व अध्यक्ष हिमाल बस्नेतका छोरा हुन ।
त्यस्तै बाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेशराज भण्डारी अगाडि छन् । उनले ५२३ मत प्राप्त गर्दा काँग्रेसका खुसल राम शर्माले ३९७ मत प्राप्त गरेका छन् । यी दुई बीचको मताअन्तर १२६ रहेको छ ।
खुल्ला उपाध्यक्षमा काँग्रेसका देबबहादुर केसी अगाडि छन् । केसीले ५०६ मत प्राप्त गर्दा गठबन्धनका डिल्लीबहादुर वलीले ४२६ मत प्राप्त गरेका छन् । उनीहरुका बीचको मतान्तर ८० रहेको छ ।
महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी अगाडि छन् । केसीले ५०८ मत प्राप्त गर्दा गठबन्धनका नरेन्द्रकुमार डाँगीले ४२२ मत प्राप्त गरेका छन् । केसी र डाँगी बीचको मतान्तर ८६ रहेको छ ।
त्यस्तै कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा अगाडि छन् ।
शर्माले ५३१ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ३६३ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर १५८ रहेको छ ।
सचिवमा पनि काँग्रेसका नबिन राई अगाडि छन् । राईले ३३९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार चन्दन वलीले २८० मत र गठबन्धनका भुपाल रावतले २२७ मत प्राप्त गरेका छन् । राई निकटतम प्रतिष्पर्धी भन्दा ५९ मतान्तरले अगाडि छन् ।
त्यस्तै सह–कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारीले अग्रता लिइ रहेका छन् । भण्डारीले ४०२ मत प्राप्त गर्दा गठबन्धनका किशोरकुमार वलीले ३७४ मत प्राप्त गरेका छन् । उनीहरुका बीचमा २८ मतको मतान्तर छ ।
त्यस्तै सदस्य तर्फ काँग्रेसका कोमल डिसी (कमल) ले ५४२, तिर्थबहादुर डाँगी ५४९, माधव बस्नेत ५२०, सैलेन्द्रकुमार बुढाथोकी ४९०, सुवाश अधिकारी ४७६, महिला सदस्यहरु मध्य निलम बस्नेत ४०४ र कल्पना बिष्ट ४४८ मत प्राप्त गरेका छन् ।
सदस्य पदमा गठबन्धनका उम्मेदवारहरु भिमबहादुर खत्री ४३०, मनोजकुमार गुप्ता ४३२, कृष्णबहादुर पुन ४२१, सुरेश नेपाली ४०२, टोपबहादुर महतरा ४६७ , महिला सदस्यहरुमा शारदा बस्नेत ४६८ र मिना रावतले ४६४ मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा हालसम्म गठबन्धनका उम्मेदवार अगाडि छन् ।
