२०८१ असार १० गते आइतवार

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा हुने

काठमाडौं,बैशाख २७ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *