२०८२ जेष्ठ ११ गते शुक्रवार

घरायसी बिवादमा बन्चरो प्रहार गरेर श्रीमतीको ज्यान लिन खोज्ने पक्राउ

सल्यान, बैशाख २३। घरायसी बिवादमा बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने व्यक्ती पक्राउ परेका छन् ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर ८ स्थित सिमखर्कका ५० बर्षिय नन्दलाल रोकाले ज्यान मार्ने उदेश्यले श्रीमतिलाइ बन्चरो प्रहार गरेर गम्भीर घाइते बनाएको भन्दै प्रहरिले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते ४७ बर्षिया काली रोकाको अहिले सल्यान जिल्ला अस्पतालमा उपचार भैरहेको छ । अस्पतालका अनुसार घाइते अहिले खतरामुक्त छिन् ।

शनिबार राती करिव ९ बजेतिर घरायसी विवाद हुदा नन्दलालले श्रीमतिको टाउकोमा बन्चरो प्रहार गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *