दाङ, बैशाख १६ । बाँकेमा कटुवा पेस्तोलको छर्रा लागेर एक किशोर घाइते भएका छन् । जिल्लाको राप्ती सोनारी गाउँपालिका – ५ चाचरफर्काका १६ बर्षीय सचिन थारु आँफैले बोकेको कटुवा पेस्तोल पड्किदा घाइते भएका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीका अनुसार थारुले आँफैले सामाजिक संजाल यूटुव हेरेर काठ र फलामबाट घरमै उक्त कटुवा पेस्तोल बनाएका थिए ।
थारुले त्यो पेस्तोल पाइन्टको पछाडिको गोजीमा राखेका थिए । मध्यराति तिर निकाल्ने क्रममा पड्कन गइ उनी घाइते भएका हुन । उनलाई दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा लागेको छ ।
घाइते थारुको अवस्था सामान्ने रहेको पनि प्रहरीले जनाएको छ । नेपालगंज मेडिकल कलेजमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार