२०८१ बैशाख २२ गते शनिवार

लुम्बिनीमा महराले दुई मन्त्रालय थपेर जिम्मेवारी बाँडफाँड गरे


तुलसीपुर, बैशाख १३ । लुम्बिनी प्रदेश सरकारले भागवण्डा पु¥याउन दुई मन्त्रालय थपेको छ ।
प्रदेश मन्त्रीपरिषदको बुधबारको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय थप्ने निर्णय गरेको हो ।


यो संगै मन्त्रालयसको संख्या १२ पुगेको छ । दलिय भाडवण्डा अनुसार मन्त्रालय थपेर १२ पु¥याइएपछि यसअघि बिनाबिभागिय मन्त्रीको रुपमा सफत लिएकाहरुलाई पनि जिम्मेवारी तोकिएको छ ।


मुख्यमन्त्री जोखबहादुर महराले गुल्मीबाट प्रतिनिधित्व गर्ने दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, कपिलवस्तुका अर्जुनकुमार केसीलाई वन तथा वातावरण मन्त्रालय, रूपन्देहीका भूमीश्वर ढकाललाई सहरी तथा खानेपानी मन्त्रालय र बाँकेका रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकेका छन । उनीहरु नेकपा एमालेबाट मन्त्री बनेकाहरु हुन ।

त्यस्तै बर्दियाबाट प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टीका दलका नेता धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्क बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।


रुपेन्देहीबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीकी एक्ली सांसद भगवती अधिकारीलाई नयाँ थपिएको मन्त्रालय– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
अर्कौ नयाँ थपिएको मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय भने मुख्यमन्त्री जोखबहादुर महराले आफैं संग राखेका छन ।


चैत २५ गते मुख्यमन्त्री महरा संगै बिनाबभागिय मन्त्रीका रुपमा सफत लिएका एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई गत बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालय, नेकपा माओवादीका केन्द्रका दीपेन्द्रकुमार पुन मगरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । मगर सरकारको प्रवक्तासमेत हुन । बाँकेबाट प्रतिनिधित्व गर्ने जनता समाजबादी पार्टीका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर, मन्त्री अहिरले पदभार ग्रहण नगर्दै पद बाट राजीनामा दिएका थिए ।

उनको राजीनामा भने स्वीकृत भएको छैन । नत्र उनको नाम मन्त्रीको लिष्टबाट नै हटाइएको छ ।
जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले मुख्यमन्त्री हुनु भन्दा अघिल्लो दिन चैत २२ गते दलहरुका बीचमा आफ्नो पार्टीलाई दुई मन्त्रालय दिने सहमति भएपनि त्यो अनुसार नभएको हुँदा आफ्ना मन्त्रीले पदबाट राजिनामा दिएको बताए ।


दलहरुका बीचमा भएको सहमति अनुसार अब माओबादीले थप एक मन्त्रालय पाउने छ । मुख्यमन्त्रीसहित तीन मन्त्रालय माओबादीलाई दिने सहमति दलहरुका बीचमा भएको थियो । हाल माओबादी बाट रोल्पाबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री महरा र स्वास्थ्य मन्त्री तथा प्रबक्ता मगर मात्रै सरकारमा सहभागि छन् । त्यही भएर महराले नयाँ थपिएको उर्जा मन्त्रालय हाल आँफु मातहतमै राखेको स्रोत बताउँछ ।


बाँकेबाट प्रतिनिधित्व गर्ने माओबादीकी सांसद कृष्णा केसीले मन्त्री बन्न गरेको आग्रह अस्विकार गरेको हुँदा अब कस्लाई मन्त्री बनाउने भन्ने बारेमा माओबादी भित्र आन्तरिक गृहकार्य जारी छ । हाल मुख्यमन्त्री महराले भागवण्डा पु¥याउन १२ वटा मन्त्रालय बनाइसकेका छन् । यदी यसअघि दलहरका बीचमा भएको सहमति कार्यान्वयन भइ अब थप एउटा मन्त्रालय माओबादीले र अर्कौ मन्त्रालय जसपालाई दिएमा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्रीसहित १४ सदस्यीय पुग्ने देखिएको छ ।


मुख्यमन्त्री महराको मन्त्रीमण्डलमा हाल एमालेका पाँच , माओवादीका मुख्यमन्त्रीसहित दुई, जसपा, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्रले समान एक ÷ एक मन्त्रालय पाएका छन ।

यसअघि दाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पालमा यो प्रदेशमा मन्त्रालयको संख्या दश थिए भने मन्त्री नौं जना थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *