२०८१ बैशाख २४ गते सोमवार

दाङमा रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ,बैशाख १२ । दाङमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका- ७ बनघुस्री निवासी ४३ वर्षीय महेन्द्र गिरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।

मंगलबार राति करिब ९ बजे तिर लमही नगरपालिका- ७ बनघुस्री स्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको लु १ ख ९५७० नम्बरको ट्रकसँग पश्चिमबाट घरतर्फ जाँदै गरेको प्रदेश ३-०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किँदा गिरीको मृत्यु भएको थियो।

उपचारको लागी लमही अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए।

शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *