२०८३ भाद्र ११ गते बिहिवार

रोल्पामा आगलागीबाट एक दर्जन बढी घर गोठ जलेर नष्ट


दाङ, बैशाख ९ । रोल्पामा आगलागीबाट एक दर्जन बढी घर गोठ जलेर नष्ट भएका छन् । लुङ्ग्री गाउँपालिकाका स्थानीयका आठ घर पाँच गोठ जलेर नष्ट भएका छन् ।


शनिबार दिउँसो जंगलको आगो बस्तिमा सल्किदा जिल्लाको लुङ्ग्री गाउँपालिका – १ रिरीपका निसे घर्तीको टिन छाएको ढुँगा माटोको दुई तले घर र एक तले गोठ, स्थानीय अमृत घर्तीको टिनले छाएको ढुँगा माटोको दुई तले घर, स्थानीय टेके घर्तीको ढुँगा माटोबाट निर्मित टिनले छाएको दुई तले घर, भुवन घर्तीको एक तले खरले छाएको गोठपनि आगोले जलेर नष्ट भएको छ । आगलागी बाट घर्तीको एउटा गोरु जलेर मरेको र अर्कौ जर्सी गाइ घाइते भएको छ ।


स्थानीय प्यारालाइसिसका बिरामी ७० बर्षीय सन्तुको दायाँ हातको कुहिना र दाहिने खुट्टाको तिघ्रा आगोले पोलेको छ । घर्तीको दुई तले खरको छानो भएको कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।


त्यस्तै तुलबहादुर घर्तीको टिनले छाएको दुई तले ढुँगा माटोको घर र एउटा एक तले खरले छाएको गोठ, नरबहादुर घर्तीको एक तले खरले छाएको घर, प्रकाससिंह घर्तीको टिनले छाएको तथा ढुँगा माटोले निर्मित दुई तले घर, जितबहादुर घर्तीको एक तले खरले छाएको गोठ र हिराबहादुर घर्तीको टिनले छाएको ढुँगा माटोबाट निर्मित दुई तले घरका साथै खरले छाएको एक तले गोठसमेत जलेर नष्ट भएको छ ।


दिउँसोमा बस्तिमा आगो सल्किन थालेपछि मानिसहरु भाग्न सफल भएपनि आगलागी बाट सबैको घर भित्र रहेका अन्तपात, लत्ता कपडा, नगद तथा गरगहनासमेत जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी निरीक्षक केशब बराकोटीले जानकरी दिए ।

अग्नी पीडितहरु मध्य केही आपसमा मिलेर छिमेकीको घरमा बसेका छन् । कतिपय भने खुल्ला आँकाश मुनी बस्न बाध्य छन् । आगो अझैंपनि पूर्ण रुपमा नियन्त्रणमा आइ सकेको छैन । आइतबार बिहान आगो सुनछहरी गाउँपालिका – ३ स्थित गामको जंगल तर्फ फैलिएको प्रहरी निरीक्षक बराकोटीले बताए ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली केही बेरमा अग्नी पीडितको अवस्था बुझ्न जान थालेको पनि प्रहरी निरीक्षक बराकोटीले जानकारी दिए ।


आगलागी भएको आर्थिक क्षतिको बिवरण संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *