२०८१ असार ३ गते आइतवार

लमहीमा ७ हजार ७ सय ६८ घरधुरीलाई निस्सा वितरण


प्रिया स्मृती गजमेर, लमही, वैशाख ७ । लमही नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन पछि निस्सा वितरण गरिएको छ ।


हालसम्म दूई सय २२ भूमिहीन दलित, एक हजार तीन सय ३२ भूमिहीन सुकुम्बासी र ६ हजार दूई सय १४ अव्यवस्थित बसोबासी गरि कुल सात हजार सात सय ६८ घरधुरीलाई निस्सा वितरण गरिएको हो ।


भूमिहिन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय सेवा केन्द्रका संयोजक प्रकाश भण्डारीका अनुसार दुई सय दश भूमिहीन दलित, एक हजार दूई सय ४९ भूमिहीन सुकुम्बासी र तीन हजार सात सय तीन अव्यवस्थित बसोबासी गरि कुल पाँच हजार सात सय तीन वटा निवेदन विभागको प्रणालीमा सुचिकृत भइसकेका छन ।


नगरपालिकाको सबै नौं वटै वडाहरुमा नाप नक्साको लागि एक सय ९० वटा नियन्त्रण विन्दु राखिएको छ । वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ मा एक हजार ६९ विगाह ४ कट्ठा १७ धुर (७२४.१६ हेक्टर) जग्गा नाप जाँच गरिएको छ ।
त्यस्तै ३, ४, ५, ६, ७, ८ र ९ वडाहरुको नक्सा बनाउने कार्य पुरा भइ सकेको छ । वडा नं. ६, ७, ८ र ९ वडाहरुमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको निवेदनमा सात दिने हकदावीको सूचना प्रकाशन गरिएको छ ।
लमहीका मेयर जोगराज चौधरीले देशको राजनीतिक घटनाक्रमका कारण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समयमा लालपूर्जा बितरणमा केही ढिलाई भइ रहेको बताए ।


‘ ६÷६ महिनामा सरकार फेरबदल हुँदा हामीलाई पनि काम गर्न सकस छ,’ उनले भने ‘ यो पटक जनताले धेरै आशा गरेका थिए जग्गाको लालपूर्जा पाउने तर फेरि सरकार परिवर्तन हुँदा जनतामा निरासा छाएको छ ।’
उपमेयर लक्ष्मी योगीले पनि के कसरी उनीहरुलाई छिटो छरितो जग्गाको लालपूर्जा दिन सकिन्छ ? भन्नेबारे आफुहरु गम्भीर रहेको बताइन ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *