२०८१ बैशाख १९ गते बुधवार

१४ लाख खर्चेर प्रतापकोटमा मन्दिर निर्माण, टीकाराम खड्काले गरे उद्घाटन

तुलसीपुर, बैशाख २ । तुलसीपुर उपमहानगरपालिका – ३ प्रतापकोटमा खैराबाङ देवी भगवतीको मन्दिर निर्माण कार्य पुरा भएको छ ।
तुलसीपुरका मेयर टीकाराम खड्काले आइतबार मन्दिरको उद्घाटन गरेका छन् ।


उद्घाटन पछि सम्बोधन गर्दै मेयर खड्काले प्रतापकोटलाई तुलसीपुरको धार्मिक,सांस्कृत र पर्यटकीय गणतब्यको रुपमा बिकास गर्न मन्दिर सहयोगी हुने आशा ब्यक्त गरे ।


कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्वर ३ का वडाध्यक्ष बिजय विकले प्राकृतिक रुपमा सुन्दर प्रतापकोट संग पर्यटन पबद्र्धनका लागि थुप्रै संभावना रहेको हुँदा त्यहाँ पुग्न राम्रो सडक, खानेपानी, बिजुली बत्ति, सरक्षाको उचित प्रबन्ध हुनुपर्ने बताए ।


पर्यटन मन्त्रालयले साढे ७ लाख दिएको थियो भने दाताबाट ६ लाख बढी रकम संकलन भएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनिराम रानाले मन्दिर निर्माण गर्न स्थानीयले ७४ हजार बराबरको श्रमदान गरेका जानकारी दिए । मन्दीरमा पञ्च धातुबाट निर्मित देबी मुर्ती स्थापना गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *