२०८१ बैशाख २० गते बिहिवार

मेरो एउटा अंश रहँदासम्म टरिगाउँ एयरपोर्ट बनाउन लागि रहने छु – दीपक गिरी


तुलसीपुर, चैत ३० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले टरिगाउँ एयरपोर्ट निर्माणका लागि अन्तिम क्षणसम्म पनि लागि पर्ने बताएका छन् ।


शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको ३२औं स्थापना दिवसलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व सिंचाई मन्त्रीसमेत रहेका गिरीले एयरपोर्ट टरिगाउँमै बन्छ भनेर देखाउनका लागि भएपनि पछिल्लो समय आँफुले पहल गरेर क्यानलाई पाँच करोड रुपैया हाल्न लगाएको बताए ।


‘ कसैले नारायणपुर बन्छ भन्याछन् कसैले लमही बन्छ भन्छन्,’ नेता गिरीले भने ‘ त्यो भ्रम चिर्णका लागि भएपनि एयरपोर्ट टरिगाउँमै बन्छ भनेर प्रमाणित गर्न पछिल्लो पटक पैंशा हाल्न लगाइएको हो ।’


यसअघिका काँग्रेसका अर्थमन्त्री संग टरिगाउँ एयरपोर्टको बिषयमा आँफुले बाझाबाझ गरेको भएपनि काम नबनेको र अहिले नेकपा माओबादी केन्द्रका अर्थमन्त्री बर्षमान पुन संग टरिगाउँ एयरपोर्टको बारेमा सकारात्मक कुरा भइ रहेको काँग्रेस नेता गिरीले बताए ।


‘पहिले हामीलाई ज्ञान भएन र हामीलाई प्राबिधिकले झुक्याए,’ गिरीले भने ‘ हामी प्राबिधिकको भरमा प¥र्यौैं, तर प्राबिधिकले हामीलाई झुक्याएर जम्मा पाँच सय पचार मिटर मात्रै एयरपोर्ट पिच गरेर धोका दिए ।’ अहिले पनि आँफुले जहिलै कसरी एयरपोर्ट बन्छ भनेर चिन्तन मनन् गर्ने गरेको काँग्रेस केन्द्रीय सदस्य गिरीले बताए ।


आश्थाका आधारमा काम नगर्ने बताउँदै नेता गिरीले नगरको बिकासमा आस्था कतै घुस्न नहुने जोड दिए ।
‘ बिकास गर्ने बेला यो दीपक गिरी टीकाराम खड्का संगै हुन्छ,’ काँगेस नेता गिरीले भने ‘ हामी चुनावका बेला प्रतिष्पर्धा गरौंला अहिले जनप्रतिनिधि भइ सकेपछि आश्थाका आधारमा काम गर्न हुन्न।’


सारा दंगालीले गानी गर्न थालेपछि रोड बोर्डबाट ढाई करोड झिकेर टालटुल पार्ने काम भएपनि अब फोरलेनका लागि बिद्येक बनाइ अगाडि बढेको हुँदा बैशाख वा जेठ सम्म नयाँ टेन्डर हुन सक्ने गिरीले बताए ।
आँफु नौं महिना मन्त्री हुँदा बृहत सिंचाई परियोजना जिल्लामा आएको भन्दै नेता गिरीले आफ्नै प्रयासले राप्ती बबई क्याम्पस स्थापना भएको बताएका थिए ।


त्यस्तै नेता गिरीले तुलसीपुर बीरेन्द्र चोकको बाटाको बारेमा गलत अफवाफ फैलाएको बताए । ‘ दीपक गिरीले घर भत्किन्छ भन्ने ठानेर बाटो रोकेको भन्ने अफबाफहरु सुन्छ,’ गिरीले भने ‘ त्यो बाटो बिस्तार गर्दा सबै भन्दा पहिला मेरो घर भत्काइयोृुस तर अफबाफ नफैलाइयोस।’


उनले तुलसीपुर अमेलिया र तुलसीपुर पश्चिम दाङ जोड्ने सड्कहरु मर्मतका लागि काम हुने बताए ।
त्यस्तै उनले तुलसीपुरको शान्ति सुरक्षाको बारेमा गलत कुराहरु फैलाइदै आइएको भन्दै त्यो मेट्न सबै लाग्नु पर्ने जोड दिए ।


मेयर टीकाराम खड्काको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रमलाई जिल्ला समन्वय समितिकी उपप्रमुख चेतना चौधरी, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, पूर्व मेयर ढुण्डिराज लामिछाने, नेपाली काँग्रेसका नगरसभापति सुरेश हमाल, नेपका एमालेका नगर सचिव रुपबहादुर खत्री, नेकपा माओबादी केन्द्र दाङका सहसंयोजक रामबहादुर दहित लगाएतले सम्बोधन गरेका थिए ।


त्यस्तै कार्यक्रमलाई पूर्व वडाध्यक्ष नवराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे लगाएतले सम्बोधन गरेका थिए ।


उपमेयर श्यानी चौधरीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नगरको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण नगर प्रबक्ता माधव वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *