२०८१ जेष्ठ ५ गते शनिवार

रुकुमपश्चिममा एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट

रुकुमपश्चिम,चैत ३० । रुकुमपश्चिमको विभिन्न ठाउँमा लगाइएको लागुऔषध अफिमखेती फँडानी गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले यही महिनामा रुकुमपश्चिमको विभिन्न ठाउँकाे एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट गरेको हो।

जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिएका छन्।

सूचना अधिकारी खड्काका अनुसार आठबीसकोट नगरपालिका- १ स्याला र २ कालजुरा भन्ने ठाउँमा ६० रोपनी, १२ नं वडाकोे कुरल र लामपुजामा ४५ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको हो।

सानीभेरी गाउँपालिका- ३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसीकोट नगरपालिका- ८ घोरखानीमा एक रोपनी र आठबीसकोट नगरपालिका- ३ दाङ भन्ने स्थानसहित वडा नं ७ को स्यालाकोट र डाँफेमा ३७ रोपनी गरेर जम्मा एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताए।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *