२०८३ भाद्र ३० गते मङ्गलवार

घोराहीमा बसको ठक्करबाट एक जनाको मृत्यु , तुलसीपुरका लामिछाने घाइते


दाङ, चैत २८। घोराहीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।


बसको ठक्करबाट घोराही उपमहानगरपालिका – १७ का २३ बर्षीय सौगात वलीको उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार तुलसीपुर उपमहानगरपालिका – ११ बेलगनारका ३५ बर्षीय शरद लामिछाने घाइते छन । उनको घोराहीमा उपचार जारी छ ।

उनको हात र खुट्टामा गहिरो चोट रहेको तथा अवस्था मध्यम रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।


तुलसीपुरबाट–कठमाडौं तर्फ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्र दुर्घटना भएको थियो ।

घोराहीको गोग्लीबाट घोराही बजार तर्फ जाँदै गरेको बसले घोराही – १७ सिस्नेखोलाको ओरालोमा राति पौने ९ बजे मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले बस चालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *