२०८२ बैशाख ११ गते बुधवार

सात घन्टा बढी चलेको पट्यार लाग्दो त्यो काँग्रेसको नगरसम्मेलन


तुलसीपुर, चैत २७ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाले सोमबार तुलसीपुरस्थित विपी वाचनालयको सभाहलमा आफ्नो दोस्रो सम्मेलन ग¥यो ।

तर, काँग्रेसको त्यो नगर सम्मेलन बक्ता धेरै राखिएको हुँदा निकै पट्यार लाग्दो थियो ।
कार्यक्रममा केन्द्रीय नेतादेखि जिल्ला सभापति, प्रदेशसभा सदस्य र अग्रज काँग्रेस नेताहरुलाई सम्बोधन गर्न दिदा बक्ताहरु ५५ जना पुगेका थिए ।

बिहान ११ बजेदेखि कार्यक्रममा आएका नेता कार्यकर्ता बेलुका साढे ७ बजेपछि मात्रै हलबाट बाहिरिएका थिए ।

नगर उपभापति विनिल केसीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा नगर सचिव बिमल पौडेलले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष प्रितमकुमार श्रैष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । नगरका १९ वडाबाट पार्टीका क्रियासिल अपाङ्गता भएका ब्यक्ति, जग्गा दाता, संगठक, जेष्ट नागरिकलाई सम्मान कार्यक्रम गर्दा झुसमुसे साँझ परि सकेको थियो ।

नगर सम्मेलन नगर सभापति सुरेश हमालको अध्यक्षतमा भएको त्यो कार्यक्रम निकै लामो समय चलेको देखेपछि बेलुकी पख पुगेका तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहले यति लामो कार्यक्रम गर्नेहरुले बेलुकाको खानापनि यतै ब्यबस्था गर्नु पथ्र्यौ भन्ने कुरा बाहिर सार्वजनिक रुपमा गरिरहेका थिए ।

यद्यपी हमाल नगर सभापति भएपछि हरेक कार्यक्रमहरुमा उपस्थिति नेता कार्यकर्तालाई चिया र खाजाको भने प्रबन्ध गर्दै आएका छन् ।

शाह जस्तै हल बाहिर बस्ने धेरैले ब्यक्तिहरु कार्यक्रम धेरै लामो समय चलेको तथा पट्यार लाग्दो भएको प्रतिक्रिया दिइ रहेका थिए ।

नगरसभापतिका रुपमा सुरेश हमाल आए पछि उनी र उनको कार्यसमितिले पार्टी कार्यालयमा विपी वाचनालय निर्माण गरि उदाहरण प्रस्तुत गरेको बताए । साथै सभाहल निर्माण गरि उदाहरण प्रस्तुत गरेको भन्दै सबैले प्रसंशा गरे ।

नगरसभापति हमालले १९ वटै वडाहरुमा वडा पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरेको हुँदा त्यसको अधिकाँस बक्ताले मुक्त कण्ठले प्रसंसशा गरेका थिए ।

आयोजकले गरेका गल्ती

कार्यक्रम छिटो छरिता बनाउन, बक्ता कम राख्न, भाषण र आशणमा जोड नदिन काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिले अघिल्लो बर्ष मात्रै पत्राचार गरेको थियो । तर, काँग्रेसका कार्यक्रमहरु त्यो अनुरुप चुस्त दुरुस्त बन्न सकिरहेका छैनन्. ।

वडा, नगर, क्षेत्र जता ततै उनै नेताहरु मात्रै निम्त्याइएका हुन्छन् । मञ्चासिन हुन्छन् । बोलिरहेका हुन्छन् ।

यस्ता सबै ठाउँहरुमा उनीहरु प्राय एउटै कुरा दोह¥याइ तेह¥याई भनिरहेका हुन्छन् । खासै नयाँ कुरा हुँदैन । त्यसैले त्यस्ता कार्यक्रमहरु आकर्षक बन्न सकिरहेका छैनन् ।

सोमबार तुलसीपुरको नगरसम्मेलनमा आयोजकले गरेका केही त्यस्तै गल्तीहरु दोह¥याएको देखियो ।

जिल्ला सभापति शंकरप्रशाद डाँगी बिशिष्ट अतिथिको रुपमा निम्त्याइएको भएपनि जिल्ला उपसभापति कमानसिंह भारती, सहसचिव द्धय राजु आचार्य र सुबोधकुमार डाँगी, जिल्ला सदस्य यज्ञबहादुर बस्नते, पूर्व जिल्ला सचिव टेकबहादुर वलीलाई पनि सम्बोधन गर्न दिइएको थियो ।

उपस्थित भएपनि कार्यक्रम लामो समय चल्ने अनुमान गरेरै जिल्ला सचिव बालिका लम्साल डेढ घन्टा जति बसेर निस्किएकी थिइन । नत्र उनलाई पनि बोल्ने मौका दिइन्थ्यो ।

कार्यक्रमलाई क्षेत्र नं . ३ का सभापति जगतबहादुर खड्काका साथै ३ (१) सभापति देबेन्द्र रिजाल, ३ (२) मा सभापति खिमबहादुर वली, २ (२) का सभापति अभियान बस्नेतले पनि सम्बोधन गरे ।

त्यसका साथै क्षेत्र नं. २ का सचिव हिमबहादुर डाँगी, ३ का सचिब शोभकार सापकोटालेपनि सम्बोधन गरे ।

त्यस्तै महाधिबेशन प्रतिनिधि मध्य इण्डिया भ्रमणमा रहेको हुँदा बिमल रिजाल कार्यक्रममा उपस्थित थिएनन् ।

उनी बाहेक कार्यक्रममा उपस्थित महाधिवेशन प्रतिनिधिहरु घनश्याम ढकाल, देबीका नेपाली, ऋषिराज लहरे (अरुण), डा. नहकुल केसी, टीका घर्ती, देबा डाँगी, सुशिला सुबेदी र चित्रा गिरी सबैलाई सम्बोधन गर्न लगाइएको थियो ।

नगर सम्मेलनलाई दंगीशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरी, शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत, बबईका कुलबहादुर केसीले पनि सम्बोधन गरे ।
त्यस्तै काँग्रेसका बबई सभापति प्रकाश बस्नेत, शान्तिनगरका सभापति झलक केसीलेपनि सम्बोधन गरे ।

कार्यक्रमलाई प्रदेश प्रतिनिधिहरु तेजबहादुर कार्की, मुक्तिप्रशाद न्यौंपाने, मेघराज सोनीले सम्बोधन गरे । त्यस्तै तुलसीपुर वडा नं. ९ का सभापति डम्मर पुरी, १६ का सभापति लिलाधर वली, १ का सभापति निर्मल आचार्यले सम्बोधन गरे ।

कार्यक्रमलाई प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनक खराल, खाने पानी उपभोक्ता समितिका अध्यक्ष यमकान्त भण्डारी, थारु संघका केन्द्रीय सदस्य गणेश चौधरी, वडा नं. ६ का नेता एकराज आचार्य, नेविसंघका जिल्ला अध्यक्ष कुलराल पोखरेल लगाएतले सम्बोधन गर्दा कार्यक्रम निकै लामो बन्न पुगेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *