२०८१ जेष्ठ ५ गते शनिवार

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.केसीले दिए राजीनामा


दाङ,चैत २६ । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री जोखबहादुर महरालाई सोमबार राजीनामा पत्र बुझाएका छन् ।

सरकार परिवर्तन भएसँगै उनी आयोगबाट बाहिरिएका हुन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा डा. केसीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता बसेको २०८० वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । उनीसँगै आयोगका सदस्यहरु डा. सुरजकुमार वली, सरोज खनाल र गीता केसीले पनि राजीनामा दिएका छन् ।

केसीले यसअवधिमा सातै प्रदेशका योजना आयोगहरुको राष्ट्रिय भेला मार्फत प्रदेशमा रहेका योजना सम्बन्धी राष्ट्रिय, प्रदेश तथा स्थानीय तहका योजनाको अन्तरसम्बन्धमा लुम्बनी घोषणपत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुना र लुम्बिनीको दीगो कृषि विकास रणनीति तयार गरेको बताए ।

त्यस्तै दोस्रो आवधिक योजना आधारपत्र तयार गरी आयोगको बैठकबाट स्वीकृत गरेको, आयोगमा तथ्यांकीय प्रणालीको शुरुवात, योजना बैंक निर्माणको आधारपत्र तयार गरिएको र मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधी र कार्यक्रम दस्तावेज तयार गरिएको उनले बताए ।

लुम्बिनी प्रदेशका विकास साझेदार निकायसँगै छलफल, प्रदेशको स्रोत र प्रादेशिक सम्भावना तथा रणनीति तयार लगायतका महत्वपूर्ण काम आयोगले गरेको उनले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *