२०८१ बैशाख २१ गते शुक्रवार

जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त, २५ गते सपथ


तुलसीपुर, चैत २३ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा नियुक्त भएका छन ।

शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन । उनको सपथ भने चैत २५ गते हुने भएको छ ।

महराले गठबन्धन दलहरू नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी , नेकपा एकिकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४४ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
शुक्रबार मात्रै नागरिक उन्मुक्तिका ४ जनाले सामूहिक हस्ताक्षर गरी समर्थन जनाएका थिए । त्यसपछि महरालाई ४८ जनाको समर्थन जुटेको छ।

४४ जनाको समर्थनसहित मुख्यमन्त्रीमा महराले दाबी पेश गरेपछि नागरिक उन्मुक्ति पार्टीका चारैजना सांसदहरू प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर बुझाएका थिए । महरालाई अब नागरिक उन्मुक्तिका चारसहित नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, जसपाका ३, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरि ४८ जनाको समर्थन जुटेको छ। लुम्बिनी प्रदेश सभामा ८६ सदस्य छन । सरकार निर्माण गर्न ४४ सदस्य चाहिन्छ ।

बिहीबार नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *