२०८१ बैशाख २० गते बिहिवार

लमही बस दुर्घटना – २२ जना घाइते

तुलसीपुर, चैत २१ । दाङको लमहीमा दुई वटा बस आपसमा ठोक्किदा २२ जना यात्रु घाइते भएका छन् ।


लमही नगरपालिका – ३ वनगाउँमा बुटवलबाट सुर्खेत तर्फ जाँदै गरेको ल १ ख ७३६३ नम्बरको बस र दाङको तुलसीपुरबाट बुटवल तर्फ जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएका थिए । दुर्घटनामा दुवै बसमा सवार यात्रु घाइते भएका हुन ।


घाइते मध्य पाँच जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर तर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए । अन्य घाइतेको भने लमहीमै उपचार जारी छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *