२०८१ बैशाख १० गते सोमवार

टी-२० सिरिज ः नेपाल आयरल्यान्डसँग खेल्दै

काठमाडौं,चैत १९ । तीन खेलको टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बिच आज अन्तिम खेल हुँदैछ।

लगातार दुई खेल हारेर सिरिज गुमाइसकेको नेपालका लागि आजको खेल क्लिन स्विपबाट जोगिनका लागि मात्र महत्त्वपूर्ण रहेको छ।

दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल पहिलो जितको प्रयासमा रहँदा आयरल्यान्ड क्लिन स्विपको लक्ष्यमा रहने छ।

नेपालले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको हार भोगेको थियो। दुवै खेलमा टस जितेर पहिले फिल्डीङ गरेको नेपालविरुद्ध आयरल्यान्डले उत्कृष्ट ब्याटिङ गर्दै आएको छ।

दुवै खेलमा राम्रो सुरुवातका बाबजुत मध्यक्रम र पछिल्लो क्रमको ब्याटिङ चल्न नसक्दा नेपाल फराकिलो हार भोग्न बाध्य भयो। दोस्रो खेलमा २ सय २५ रनको लक्ष्य पाएको नेपालले ६ ओभरमै ८७ रन बनाएर सानदार सुरुवात गरेको थियो।

पहिलो खेलमा लोकेश बमले १ सय ६ रनको शतकीय इनिङ खेल्नु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। टी(२० को अन्तिम खेल भएकाले यसअघिका खेलमा मौका नपाएका खेलाडीले आज अवसर पाउने सम्भावना रहेको छ।

टी-२० सिरिजपछि नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग ३ खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ। खेल बुधबारबाट सुरु हुनेछ। दोस्रो एकदिवसीय शुक्रबार र अन्तिम तथा तेस्रो एकदिवसीय आइतबार हुनेछ। सिनियर टोली भने अहिले गुजरात भ्रमणमा रहेको छ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *