तुलसीपुर, चैत १४ । सल्यानको थारमारे नजीकै सफारी जिपमा तोडफोड भएको छ ।
सल्यानको बाफुखोलाबाट तुलसीपुर तर्फ आउदै गरेको लु १ ज १५६९ नम्वर सफारी जिपमा तोडफोड भएकोहो । राप्ती राजमार्ग अन्तर्गत थारमारे देखि अगाडी आफुहरु आउदै गर्दा एका एक माथि बाट ढुङ्गा प्रहार भएको गाडि धनी प्रकाश थापाले बताए ।
बाफुखोलाबाट विहान तुलसीपुरका लागी लागि यात्रु बोकेर आउदै गरेको जिपमा पछाडीबाट ढुङ्गा प्रहार हुँदा जिपका सिसाहरु फुटेका छन् । ‘ बाफुखोलाबाट आउदा रा १ ख ५२७ नम्वसको बसले विच बिचमा बाटो छेकेको थियो, त्यो बस थारमारे रोकीएपछि हामी सरासर अगाडी बढेका थियौ –उनले भने ।’
गाडीमा एका एक ढुङ्ग प्रहार भएपछि आफुहरु डरायर सरासर गाडि नरोकेर हिडेको थापाले जानकारी दिए । जिपमा सवार यात्रुहरु सकुशल रहेपछि आफुहरुमाथि पनि आक्रमण हुने डरले आफुहरुले गाडि नरोकेको उनले बताए ।
गाडीमा तोडफोड भएपछि जाहेरी दिन इलाका प्रहरी तुलसीपुरमा आएका थापाले जुनठाउँमा घटना भएकोहो त्यही जाहीरी दिन प्रहरीले भनेपनि आफुहरुले सल्यानको थारमारे प्रहरीलाई जाहेरी दिएको बताए ।
गाडीमा ढुङ्गा प्रहार गर्नेहरुको भने पहिचान हुन सकेको छैन् । त्यसैविच तुलसीपुर यातायात प्रालिले जिपमा तोडफोड भएको प्रति दुःख व्यक्तिगदै कारवाहिको माग गरेको छ । प्रालिद्धारा सञ्चालित गाडीमा तोडफाेडगर्नेको पहिचान गरि तत्काल कारवाहिको माग गरेको छ ।
यात्रुहरुको मागलाई मध्यनजर गदै सल्यानकाे बाफुखाेला,डलसिंगेलगायतका सस्थानमा प्रालिले गाडि सञ्चालन गरेकाे पनि जनाएकाेछ ।