तुलसीपुर, चैत १२ । तीब्र गतिको मोटरसाइकल पसल भित्र छिरेपछि पसल संचालकसहित तीन जना घाइते भएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका– ७ प्रसेनीमा सोमबार बिहान सवा ११ बज्नु भन्दा पहिले बिजौरीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाइकल प्रसेनीको घुम्तीनजिकै एउटा पसल भित्रै छिरेको थियो ।
तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भइ लोकबहादुर हलवाईको किराना पसल भित्रै छिरेको थियो । त्यो दुर्घटनामा मोटरसाइकलचालक तुलसीपुर– १८ ग्वारखोलाका १९ वर्षीय मनीष विक, पछाडि सवार सोही ठाउँका १७ वर्षीय सुरज महतसहित पसलका सञ्चालक ४५ वर्षीय हलवाई सामान्ने घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।
घाइते सबै राप्ती प्रोदशिक अस्पताल तुलसीपुरको उपचार पछि साढे १२ बजेतिर डिस्चार्ज भइ सकेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । तीब्र गतिको मोटरसाइकल पसल भित्रै छिरेपछि पसलमा पनि क्षति पुगेको छ ।
