२०८१ असार ३ गते आइतवार

करेन्ट लागेर ३ जनाको मृत्यु प्रकरण – कति क्षतिपुर्ती दिने सहमति भयो ?


दाङ , चैत ११ । दाङको देउखुरीमा एकाएक हाइटेन्सन लाइन चुँडिएर एकै परिवारका तीन जनाको करेन्ट लागेर मृत्यु पछि जनही आठ लाख क्षतिपुर्ती दिने सहमति भएको छ ।


पीडित पक्ष, प्रहरी प्रशासन, बिद्युतका कर्मचारी र जिल्ला बिपदका पदाधिकारीका बीचमा तीन जना मृतक मध्य सबैलाई जनही आठ लाखका दरले क्षतिपुर्ती उपलब्ध गराउने सहमति भएको हो ।

बिमा बाफतको जनही पाँच लाख, जिल्ला बिपदबाट जनही दुई लाख र प्रदेश बिपदबाट जनही एक लाखसमेत गरि जनही आठ लाख क्षतिपुर्ती उपलब्ध गराउने सहमति भएको हो ।


शनिबार दिउँसो हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरिरमाथि खस्दा राप्ती गाउँपालिका – ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमति दिलसरा केसी र उनीहरुका ४ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो।


बिद्युत प्राधिकरणको लापरवाहीका कारण घटना भएको भन्दै पीडित पक्ष र स्थानीलयले उचित क्षतिपुर्तीको माग गर्दै पूर्व पश्चिम राजमार्ग अन्र्तगत राप्ती – ३ मसुरियामा सड्क खण्ड बन्द गराएका थिए ।


इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार आइतबार दिउँसो भएको वार्तामा क्षतिपूर्तीबारे सहमति कायम भएपछि पीडित पक्ष सडक खण्ड खोल्न राजी भएका हुन ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *