२०८३ बैशाख १४ गते सोमवार

बेल्टाकुराले चुम्यो वडा अध्यक्ष कप


सुवाश डिसी,
तुलसीपुर, जेठ १५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ वडा कार्यालयले आयोजना गरेको वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि बेल्टाकुराको ‘ए’ टिमले हात पारेको छ । गत १३ गतेदेखि शुरु भएको वडा अध्यक्ष कप फुटवल प्रतियोगितामा वडा भित्रका ७ वटा टिम सहभागिता थियो । बुधवार भएको फाईनल खेलमा बेल्टाकुराको ‘ए’ टिमले उपाधि जितेको हो । वडा नं. ११ अन्तरगतका कटाँहा र नवलपुरको संयुक्त टिम र बेल्टाकुरा ‘ए’ टिमका बीचमा फाईनलमा भिडन्त भएको थियो । उक्त खेलमा बेल्टाकुराले शुन्यका विरुद्ध १ गोल गर्दै अध्यक्ष कपको उपाधि चुमेको हो । प्रतियोगितमा कटाँहा र नवलपुरको संयुक्त टिम द्धितिय र मोतिपुरको टिम तृतिय भएका छन् ।

स्थानीय तहमा खेलप्रति आकर्षण वढाउन तथा नयाँ खेलाडिहरु उत्पादन गर्ने उदेश्यले वडा कार्यालयले अध्यक्ष कप फुटवल प्रतियोगिता आयोजना गरेको अध्यक्ष चित्रबहादुर वलीले बताए ।

हमाल वेष्ट प्लेयर र खड्कालाई राईजिङ प्लेयर
प्रतियोगितामा बेष्ट प्लेयरको उपाधि आदर्श हमालले प्राप्त गरेका छन् । त्यस्तै बेष्ट गोल किपर अनिल बोहरा, राईजिङ प्लेयर अमृत खड्का र बेष्ट डिफेन्सको उपाधि सुनिल केसीले प्राप्त गरे ।

वडा अध्यक्ष चित्रवहादुर वलीको अध्यक्षता, नेपाली काँग्रेस दाङका सभापति कीर्तिवहादुर खड्काको प्रमुख आतिथ्य एवं पुर्व सांसद गेहेन्द्र गिरी र कांग्रेसका क्षेत्रीय सभापति जगतवहादुर खड्काको विशिष्ट आतिथ्यमा कार्यक्रमको समापन गरिएको छ । कार्यक्रममा प्रथम, द्धितिय, तृतिय हुने खेलाडिहरु तथा बेष्ट प्लेयर, बेष्ट गोल किपर, बेष्ट डिफेन्स र राईजिङ प्लेयरलाई, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा कांग्रेसका तुलसीपुर नगर कार्यबहाक सभापति सभापति भिमप्रसाद भण्डारी, तरुण दल दाङका अध्यक्ष टिका घर्ती, साविक उरहरी गाविसका पुर्व ईकाइ सभापति अर्जुनवहादुर केसी, साविक १९ नम्वरका कांग्रेस वडा सभापति वोधिलाल भण्डारी, साविक २० का सभापति टोपेन्द्रराज रेग्मी, पुर्व वडा अध्यक्ष लिलाधर डांगी, नेकपाका प्रतिनिधि होताराम वस्नेत लगायतले खेल क्षेत्रको विकासका लागि राज्यले विशेष नीति ल्याउनु पर्ने बताएका थिए ।
उनीहरुले खेलकुद र खेलाडिका राज्यले थप लगानी गर्नुपर्नेमा जोड दिएका थिए । समापन कार्यक्रममा वडा स्तरिय युवा क्लवका अध्यक्ष दिपक खड्काले धन्यवाद मनतब्य ज्ञापन गरेका थिए भने वडाका कर्मचारी लक्ष्मी चौधरीले सहजीकरण गरेकी थिइन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *