काठमाण्डौ ,चैत ६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दीपक गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका गिरीले सहकारी प्रकरणमा लामिछाने जोडिएकोले राजीनामाको विकल्प नभएको बताए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वार्थको द्वन्द्व हुने गरी किन लामिछानेलाई गृहमन्त्री बनाइएको हो भन्ने प्रश्न पनि गरेका छन्।
उनले सहकारी प्रकरणमा दिपेश पुन पक्राउ परे पनि गृहमन्त्री भने किन पक्राउ नपरेको भन्ने प्रश्न पनि गरेका छन्।
यो प्रकरणमा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन अघि बढाउन निर्देशन पनि दिएको उनले बताए।
प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार