तुलसीपुर,चैत ५ । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सामुदायीक तथा संस्थागत विद्यालयका सवारी चालक तथा सह–चालकहरुलाई ट्राफिक सचेतना दिइएको छ ।
सोमवार तुलसीपुर नगर जेसिजले एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिका भित्र रहेका विद्यालयका चालक तथा सह–चालकहरुलाई ट्राफिक सचेतना दिएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक डिएसपी ठाकुर प्रसाद पोखरेलले चालक र सह–चालक विद्यालयहरुका ऐना भएको बताए । उनले आफ्नो पेसालाई मर्यादित बनाउन आग्रह पनि गरे ।
विद्यालयको सवारी चालक अन्य चालक भन्दा सम्मानित भएको बताउँदै उनले सयौं विद्यार्थीहरुको जीवन लिएर हिड्ने चालकहरुले नियम अनुसार सवारी चलाउँदा जोखिम कम हुने विस्वास व्यक्त गरे । ‘सवारी चालक पेसा संबेदनसिल छ,अब चालकहरू मेहेनती मात्र भएर हुदैन,विद्यालय प्रती समर्पित पनि हुनुपर्छ,डिएसपी पोखरेलले भने । ’
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इस्वरी देबकोटाले सवारी चलाउँदा चालकहरुले सधैँ ध्यानपुर्वक चलाउनुपर्ने बताए । उनले नेपालमा सवारी दुर्घटनाबाट प्रत्येक बर्ष २६ सय मानिसको मृत्यु हुने गरेको बताए ।
दुर्घटनाकै कारण दाङमा मात्र प्रत्येक महिनामा ४ जनाको मृत्यु हुने गरेको उनले बताए । विद्यालयका सवारी चालकहरुले सवारी चलाउँदा सवारीको अवस्था चेकजाँच गरेर मात्र सवारी चलाउने,विद्यार्थीहरुलाई सुरक्षित साथ गन्तव्यमा पु¥याउने,विद्यार्थीहरुलाई सवारीमा चढाउँदा वा झार्दा सुरक्षित स्थान हेरेर मात्र झार्ने,हतार गरि ओभर स्पिड नचलाउने,जथाभावि हर्न नबजाउने,बालबालिकाको पुर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गर्ने,सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगर्ने,मापसे गरि सवारी नचलाउने ,बजार क्षेत्र तथा गा्रमिण क्षेत्रमा बाटोको अवस्था हेरी सवारी चलाउने लगाएतका कुराहरुमा ध्यान दिएमा दुर्घटना न्युनीकरण कम हुने बताए ।
सवारी दुर्घटना न्यूनीकरणमा सवारी चालक,स्कुल,विद्यार्थी तथा अभिभावकको भुमिका महत्वपुर्ण हुने प्रमुख देवकोटाको भनाई छ ।
तुलसीपुर नगर जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी पुर्ण बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै यातायात ब्यबसायी राष्ट्रिय महासघका केन्द्रीय सल्लाहकार सुरेश हमालले चालक सहचालकहरुलाई दिइएको सचेतनामुलक प्रशिक्षणले दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने बिस्वास ब्यक्त गरे ।
बिहानीको समयमा बोर्डिङ स्कुलका बस,तरकारी तथा कुखुरा बोक्ने गाडीको गति तिब्र हुने भन्दै उहाँले यसप्रति ट्राफिक कार्यलयले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यस्तै प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीले जेसिजले समाजमा भएका बिकृती बिसंगतिलाई निराकरण गर्ने काम गरेको भन्दै प्रसंसा गरे । उनले विद्यालयका मेरुदण्ड चालकहरु नै भएको बताए ।
एउटा इन्जिनियर फेल भयो भने निर्माण गरेको संरचना फेल हुन्छ तर हजुर कल्पना गर्नुस एउटा चालक फेल भयो भने कतिको जीवन फेल हुन्छ,त्यसैले पनि चालकहरु गम्भिर हुन जरुरी छ,उनले भने।’
त्यस अवसरमा तुलसीपुर नगर जेसिजका पुर्बहरु अध्यक्ष दिपेश भण्डारी,मोहन सुनार ,केशब राज केसी लगाएतले चालक र सहचालकबाट विद्यार्थीले धेरै कुरा सिक्ने बताउदै उनले चालक र सहचालकले कपडा लगाउन र बोलिचालीमा समेत राम्रोसगं ख्याल गर्नुपर्ने बताए ।
बालबालिकालाई बिहान घरबाट विद्यालय र विद्यार्थीले पढिसके पछि विद्यालयबाट घर सुरक्षित तवरले ल्याउन जाने काम जागीर मात्रै नभएर सेवाको काम समेत भएको उनीहरुको भनाई छ ।
सचेतना कार्यक्रमका संयोजक जेसी सुरज केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिज आस्थापाठ उपाध्यक्ष केशब न्यौपानेले गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गरेका थिए ।